Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुगुको नाथर्पुमा आगलागीमा परि दुई बालक गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 7.6K
    SHARES

मुगु,/ हिमाली जिल्ला मुगुमा गत बुधवार आगलागी हुँदा दुई बालक जलेर गम्भीर घाइते भएका छन् । मुगुको सोरु गाउपालिका–२ नाथर्पुका देविलाल बुढाका ५ वर्षीय छोरा छार्पे बुढा र हरी शाहीका ५ वर्षीय छोरा दिल शाही आगलागीबाट गम्भीर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार वडा नम्बर २ का लोकेन्द्र बुढाको ढुंगा, माटो र खरको छानो भएको गोठमा आगलागी भएको हो । आगो ताप्ने क्रममा एक्कासि आगलागी भएर पूर्ण रुपमा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

उनले भने, ‘उक्त आगलागीमा परी दुई बालकको खुट्टा जलेर गम्भीर घाइते भएका छन् । त्यस्तै, सो आगलागीबाट करीब २५ हजार क्षति भएको छ ।’

थप उपचारका लागि काठमाडौं रिफर

आगलागीमा परी गम्भीर घाइते भएका उक्त दुई बालकलाई थप उपचारका लागि शुक्रबार काठमाडौं रेफर गरिएको छ ।

जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि आज (शुक्रबार) थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाइते बालकहरुको हात खुट्टा तथा शरीरको अन्य भाग पनि जलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४