काठमाडौं, / नेकपा प्रचण्ड–नेपाल समूहले १ फागुन अर्थात् भोलि देशभर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भोलि सबै जिल्लामा जनयुद्ध मनाउन सर्कुलेसन जारी गरिएको छ।
सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयले सर्कुलेसन जारी गरिएको जनाइएको छ ।
तर, उता नेकपा ओली पक्षले भने भोलि कुनै कार्यक्रम नराखेको जनाइएको छ ।
तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ बाट सशस्त्र द्वन्द्व सुरुवात गरेको सम्झनामा जनयुद्ध दिवस मनाइने गरिएको छ ।