Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणकाजीले ‘चुप लाग्नोस्’ भन्दा ऋषि धमला के गरिरहेका थिए ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २९ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सभास्थलबाटै ‘ऋषि धमलाजी तपाई चुप लाग्नोस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रामकुमारी झाँक्रीले बोल्न पाइन्छ भनेको र श्रेष्ठले चुप लाग्नोस् भनेको भिडियो जोडेर टिकटकमा समेत हिट बनाइएको छ ।

बुधबारको कार्यक्रमलाई सम्वोधन गर्दागर्दै प्रवक्ता श्रेष्ठले माइकबाट ठूलो स्वरले भनेका थिए, ‘एकछिन, त्यहाँ पत्रकार साथीहरुले केही नगरिदिनुहोला । पत्रकार साथीहरु ! हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं । तपाईंहरु त्यहाँ चुप लाग्दिनोस् । सुन्नुभो ? ऋषि धमलाजी ? ऋषि धमलाजी । तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नोस् । चुप लाग्नोस् । तपाईं चुप लाग्नोस् ।’

आफूले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि अन्तरवार्ताहरु लिइरहेका बेला नारायणकाजीले चुप लाग्नोस् भनेको पत्रकार धमलाको प्रतिक्रिया छ ।

उनले भने, ‘मैले सार्वजनिक ठाउँमा भेला भएकाहरुको प्रतिक्रिया लिइरहेको थिएँ । मैले सभालाई डिस्टर्ब हुने गरी कुनै काम गरेको थिइनँ ।’

तर, पत्रकार धमलाले कार्यक्रमस्थलमा कसैको अन्तरवार्ता लिइरहेको मात्र नभएर आन्दोलनकारीहरुसँग सेल्फी खिच्दै होहल्ला गरिरहेको हुनाले आयोजकले रोक्नुपरेको नेकपा नेता बताउँछन् । कार्यक्रम नै डिस्टर्ब हुने गरी धमलाले होहल्ला गरेको आयोजक पक्षको आरोप छ ।

त्यसो त पत्रकार धमला माघ २३ गते नारायणहिटी अगाडि आयोजित कार्यक्रममा पनि त्यही गरी बिन्दास पारामा प्रस्तुत भएका थिए । पत्रकारको दायरालाई नाघेर उनले ओली पक्षको कार्यक्रमस्थलमा पनि हल्लाखल्ला गरेका थिए । कार्यक्रममा सहभागीहरुले ‘ऋषि धमला जिन्दावाद’ भन्दै नारा समेत लगाएका थिए र सेल्फी खिचेका थिए ।

ओली समूहको कार्यक्रममा जस्तै वाहीवाही पाउने अपेक्षामा माइक्रोफोनसहित उपस्थित भएका धमलाले बुधबार भने नारायणकाजी श्रेष्ठको कासन व्यहोर्नुपर्‍यो ।

नेकपा प्रचण्ड-माधव समूहकै एक नेताले भने धमलाले होहल्ला गरेर कार्यक्रम डिस्टर्ब गरेकै भए पनि नारायणकाजी श्रेष्ठले त्यसरी माइकबाटै तपाईं चुप लाग्नोस् भनेर कराउनु उचित नभएको बताउँछन् । ती नेता भन्छन्, ‘स्वयंसेवकहरुले छेउमा गएर हल्ला नगरिदिनुहोला भनेको भए सकिइहाल्थ्यो, ‘मञ्चबाटै ऋषि धमलाजी तपाईं चुप लाग्नोस्’ भनिरहन जरुरी थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४