Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिलेको संकट समाधानको विकल्पसहित चार पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २९ २०७७
  • 4.6K
    SHARES

काठमाडौं । रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् ।
मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव समूह, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल आबद्ध छन् ।

मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए । ‘हामीले अहिलेको संकटको समाधानको विकल्पसहित संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछौं,’ कँडेलले अनलाइनखबरसँग भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उनले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बताए । ‘अहिलेको संकट व्यक्ति विशेषको कारणले मात्रै होइन, सरकार असफल त हुँदै हो सरकार मात्रै पनि असफल होइन, यो व्यवस्था पनि असफल हो र यो संविधान पनि असफल हो,’ कँडेलले भने, ‘अबको विकल्प भनेको संघीय जनगणतन्त्र हो । त्यो प्राप्त गर्न सम्पूर्ण राष्ट्रवादीहरु, देशभक्तहरु, परिवर्तनकारी पक्षहरु सबै एकताबद्ध भएर नयाँ सरकारको अवधारणासहित जानुपर्छ ।’

उनले भने, ‘कतिपयले संसद पुनःस्थापना हुनुपर्छ भनेका छन्, कतिपयले ताजा जनादेशका लागि चुनावमै जानुपर्छ भनेका छन्, कतिपयले अब राजा आउनुपर्छ भनेका छन्, तर यी कुनै पनि कुराले देशलाई निकास दिँदैन ।’

वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको, बरु संसदीय व्यवस्थाकै असफलताको द्योतक भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४