काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि टेकुमा बोलाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरेका छन् । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् भने उनलाई पक्राउ गर्न र कारबाही गर्न केपी समुहले प्रहरीलाई दबाब दिएको छ ।