Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधवनारायणका व्रतालु पशुपति तीर्थ यात्रामा, आर्यघाटमा जल्दैन शव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २९ २०७७
  • 5.6K
    SHARES

 काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि पशुपति आएका छन् । बुधबार माघकृष्ण चतुर्दशीका दिन बेलुकी पशुपति आएका उनीहरुलाई बिहीबार औंसीका दिन पशुपति दर्शन गराइन्छ ।

माधवनारायण व्रतालु पशुपति आएको बेला आर्यघाटमा शव नजलाउने चलन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनले भने, ‘माधव नारायणका व्रतालु पशुपति आएका बेला आर्यघाटमा शव जलाउन रोक्छौं । भष्मेश्वरतर्फ भने शव जलाउन दिइन्छ ।’ माधवनारायणका व्रतालु बुधबार साँझ करिब सात बजेतिर पशुपति आइपुगेका थिए । उनीहरु बिहीबार १०-११ बजे पशुपतिबाट प्रस्थान गर्छन् । उनीहरु पशुपति आएदेखि नफर्किएसम्म आर्यघाटमा शव जलाउन रोकिने डा. ढकालको भनाइ छ ।

माघ कृष्ण औंसी -आज)का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने व्रत विधि छ ।

आज शेषनारायण मन्दिरमा बास

सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औंसीको राति बास बस्ने गरिन्छ ।

नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुन्जेल राजाले दर्शन गर्ने गरेकामा हाल कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।

माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शंखमूल क्षेत्रमा गर्छन् । माघशुक्ल प्रतिपदाको राति शंखमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४