Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा ह्याकरको खतरनाक हमला, खानेपानीलाई विषाक्त बनाउने प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २९ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । अमेरिकामा एकजना कम्प्युटर ह्याकरले फ्लोरिडा राज्यस्थित एक सहरमा वितरित खानेपानी संयन्त्रलाई ह्याक गरी विष घोल्ने प्रयास गरेका छन् ।

निकै खतरनाक तथा अहिलेसम्मकै नयाँ मानिएको उक्त साइबर अपराधको घटनामा उक्त ह्याकरले फ्लोरिडाको ओल्डस्मार सहरको खानेपानी प्रशोधन संयन्त्रलाई ह्याक गरेर विषाक्त रसायन मिसाउने कोसिस गरेको हो ।

अधिकारीका अनुसार सहरको पानी प्रशोधन प्रणालीलाई ह्याक गरेर ह्याकरले पानीमा सोडियम हाइड्रो अक्साइडको मात्रा बढाउने प्रयास गरेको हो ।

तर खानेपानी विभागका एक कर्मचारीको सजगताका कारण ह्याकरको उक्त प्रयासको खुलासा भयो र अन्ततः खानेपानीलाई विषाक्त हुनबाट जोगाइयो ।

पानीमा अम्लीयपना रोक्नका लागि सोडियम हाइड्रोअक्साइडको थोरै मात्राको प्रयोग गरिन्छ । तर यो रसायनको मात्रा खानेपानीमा बढि भएमा त्यसले पानीलाई विषाक्त बनाउँदछ ।

ओल्डस्मार सहरका मेयरले कुनै खराब व्यक्तिले त्यस्तो काम गरेको बताएका छन् ।

यद्यपि यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकिएको छैन । साथै यस्तो ह्याकिङको प्रयास अमेरिका भित्रैबाट भएको हो कि बाहिरबाट भएको हो त्यो पनि पत्ता लागिसकेको छैन ।

ओल्डस्मारको पानी प्रशोधन प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटरलाई शुक्रबार ह्याकरले नियन्त्रणमा लिएको थियो । तथापि जल प्रशोधन संयन्त्रका एक अपरेटरले उक्त प्रणालीमाथि कसैले दखल पूराइरहेको पत्ता लगाए । तर उनले सुरुमा त आफ्नै सुपरभाइजरले प्रशोधन प्रणाली चलाइरहेको अनुमान गरेका थिए ।

तर दोश्रो पटक पनि प्रणालीमा यस्तै खाले बाह्य हस्तक्षेपको प्रयास भयो र ह्याकरले प्रशोधन संयन्त्रको सफ्टवेयर ह्याक गर्न सफल भयो । त्यसपछि ह्याकरले पानीमा सोडियम हाइड्रो अक्साइडको मात्रा १०० प्रति दश लाखबाट बढाएर ११ हजार १०० प्रति दशलाख पूराइदियो ।

अपरेटरले ह्याकरले गरेको यस्तो हमला तत्कालै थाहा पाए र बढाइएको रसायनको मात्रालाई तुरुन्तै पूरानै अवस्थामा फर्काए ।

स्मरण रहोस् उक्त पानी प्रशोधन संयन्त्रबाट वितरित खानेपानी १५ हजार स्थानीय मानिसहरुले प्रयोग गर्दछन् ।

-बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४