Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 2.4K
    SHARES

गुगल कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण सार्वजनिक गरेको छ । अन्य सबैभन्दा क्षेत्रमा नाफा कमाइरहेको गुगलले क्लाउड बिजनेसमा चाहिँ ठूलो घाटा व्यहोर्नु परिरहेको तथ्यांकले देखाएको छ ।

सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । यस अनुसा सन् २०२० भरमा समग्रमा गुगलले क्लाउड बिजनेसबाट ५ अर्ब ६० करोड घाटा व्यहोर्नु परेको छ । यो वार्षिक घाटा सन् २०१९ को भन्दा २१ प्रतिशतले बढी हो ।

यद्यपि गुगल कम्पनीको समग्र व्यवसायिक अवस्था भने सुदृढ देखिएको छ । सन् २०२० को चौथो त्रैमासिक अवधिमा गुगलले कूल १५ अर्ब २० करोड डलर मुनाफा कमाएको छ, जुन वाषिर्क ४३ प्रतिशतको बढोत्तरी हो । जब कि चौथो त्रैमासिक अवधिमा गुगलको कूल आम्दानी ५७ अर्ब डलर रह्यो ।

कम्पनीको उत्साहजनक वित्तीय प्रतिवेदन सार्वजनिक भएसँगै यस हप्ता गुगलको शेयर मूल्यमा पनि बढोत्तरी भएको थियो ।

उसो त गुगल कम्पनीले गर्ने आम्दानीको अधिकांश हिस्सा यसको सर्च इन्जिनको विज्ञापन व्यवसायबाटै आउने गर्दछ । यद्यपि पछिल्ला वर्षहरुमा कम्पनीले आफ्नो आम्दानीका आधारहरुलाई विविधिकरण गर्ने प्रयास गर्दै आएको छ । जसमा उसले क्लाउड कम्प्युटिङ देखि हार्डवेयरलगायतका महत्वाकांक्षी परियोजनासमेत संलग्न छन् ।

प्रतिस्पर्धी कम्पनी अमेजनका लागि क्लाउड कम्प्युटिङ व्यवसाय ठूलो मुनाफाको क्षेत्र बनिरहेको अवस्थामा गुगलले भने उक्त व्यवसायबाट नाफा कमाउन सकेको छैन ।

गुगलले आफ्नो क्लाउड कम्प्युटिङबाट नाफा कमाउन नसकेपछि यस व्यवसायबाट हुने कूल आम्दानीमा भने वृद्धि भएको छ । क्लाउड बिजनेसबाट गुगलले सन् २०२० मा कूल १३ अर्ब आम्दानी गर्‍यो । तर यो बिजनेसमा सञ्चालन खर्च उच्च हुने भएको हुँदा गुगलले घाटा व्यहोर्नु परेको हो ।

गत हप्तामात्र गुगलले कार निर्माता कम्पनी फोर्डसँग क्लाउड डाटा स्टोरेज सम्बन्धी ६ वर्षीय रणनीतिक साझेदारीको घोषणा गरेको थियो । यसले के देखाउँदछ भने क्लाउड कम्प्युटिङमा हालको घाटाका बाबजुत पनि भविष्यको विशाल सम्भावना देखेर गुगलले लगानी बढाउँदै लग्नेछ ।

गुगलका प्रमुख वित्तीय अधिकृत रथ पोराटले पनि आफुहरुले क्लाउड बिजनेसको वस्तुगत रुपमा ठूलो बजार सम्भावना देखेको हुनाले आक्रामकरुपमा लगानी गरिरहेको बताउँछन् । ठूला कम्पनीहरुले आफूहरुसँग दीर्घकालीन रणनीतिक साझेदारीका लागि तयार हुनु नै गुगल क्लाउडको सफलता भएको उनको जिकिर थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४