काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सो कुराको जानकारी दिएका हुन् ।
जस अन्तर्गत पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यलयलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ ।

