Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप उत्पादन गर्ने तीन विदेशी कम्पनीद्वारा औषधि व्यवस्था विभागमा निवेदन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । कोभिड—१९ (कोरोना भाइरस) विरुद्धको खोप उत्पादन गरिरहेका तीन विदेशी कम्पनीहरूले नेपालमा खोप उपलव्ध गराउन औषधि व्यवस्था विभागमा निवेदन दिएका छन् । कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका चीनको सिनोफाम, भारतीय कम्पनी भारत बायोटेक र  स्पुतानिक भी खोप उत्पादन गरिरहेको रुसी कम्पनीले विभागमा निवेदन दिएका हुन् । 

कम्पनी दर्ता प्रक्रियामा आएका तीन देशका कम्पनीसँग विभागले थप कागजात माग गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए । विभागमा अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भइसकेको छ । 

कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भएपछि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप हाल फ्रन्टलाइनमा रहनेहरूलाई लगाइने कार्यक्रम जारी छ ।  विभागले कोभिड—१९ विरुद्धको खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले आवश्यक कागजातसहित आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आवेदन बुझाउन यस अघिनै सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४