Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 3.3K
    SHARES

सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उनले भने, “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ ।

कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । “सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भने ।

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा झ्न यो एपको महत्व बढ्ने उनी बताउँछन् ।

“अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ”, उनले भने, “एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।”

हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् । कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमन्त्री बनाउने उद्देश्यअनुरुप नागरिक एपमार्फत सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने उनले बताए ।

एपको प्रयोगबाट समयको बचत हुनाका साथै सार्वजनिक बिदाका दिन पनि सेवा प्राप्त गर्न सकिने कोषले जनाएको छ । कोषमा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणको जानकारी सहजै लिन कोषले सम्पूर्ण योगदानकर्तालाई नागरिक एप डाउनलोड गरी सेवा प्राप्त गर्न अनुरोधसमेत गरेको छ ।

‘लाइन होइन, अनलाइनबाटै २४ सै घन्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सरकारले आम नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन एप सार्वजनिक गरिसकेको छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्लेस्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एपस्टोर’बाट उक्त एप डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ ।

एक लाख ८८ हजार कोषमा सूचीकृत

गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४