Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच कारण, जसले कलेजोको क्यान्सर गराउँछ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 3.1K
    SHARES

कलेजोको क्यान्सरको जोखिम बढ्दो छ । र, यसको एउटा मूल कारण हो, खानपान । अर्थात खराब खानपानले आज कलेजोको क्यान्सरको जोखिम बढाएको छ । तर, खराब खानपानले मात्र यसको जोखिम बढाएको छैन । अरुपनि कारण छन्, कलेजो क्यान्सरको ।

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ । यो नै शरीरको सबैभन्दा गहु्रँगो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको दाहिने भागमा हुन्छ ।

के काम गर्छ ?

यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ । हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ । तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?

१. धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ ।

२. हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ ।

३. डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ ।

४. मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

५ मोटोपनको कारण कलेजोमा बोसो जम्छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?

-पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

-भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

-कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

– कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

-नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४