Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली समूहलाई पहिलो गासमा नै लाग्यो ढुंगा खटपट शुरु , बादल समूहद्वारा युवा भेला बहिष्कार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् ।

नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित ढुंगानाले बताए । ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं । त्यो भेला गुटको हो भन्ने उहाँहरुले प्रमाणित गर्नुभयो’ ढुंगानाले भने ।

बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो । एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, ढुंगानाले जन न्युज नेपाल खबर संग भने ।

एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको ढुंगानाले बताए ।

बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ । एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ । पौडेलले आफूले छोड्दा बचन सिंहलाई संयोजक बनाउनुपर्ने अडान लिएका छन् । ‘मैले संयोजक छोड्दा बचन सिंहलाई अगाडि बढाउँछु’, पौडेलले भने ।

इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका छन् । सोमबार दिनभर भएको छलफलपछि बहुपदीय संरचनामा जाने सम्भावना बढेको प्रभातविक्रम कट्वालले बताए । तर बहुपदीय संरचनामा जाँदा पनि विवाद हल हुने सम्भावना कम रहेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४