२०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको हो ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ । यो समूह ३.६५ अंकले बढेको छ । दोस्रो नम्बरमा देखिएको विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।