Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 6.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप लगाएका छन् ।

पर्सामा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताए । दुई वर्षअगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नुभएको छ’ उनले अघि भने ।

कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग खेलेको भन्दै थापाले भने, ‘त्यो धार भुत्ते भएपछि तपाई हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । संविधानसभाबाट आफूहरुले बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ नभएको भन्दै उनले भने, ‘अदालतले पनि यही संविधान पल्टाउने हो । यो पढेर संसद विघटनलाई वैधानिक भन्न पाउँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४