Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्त समूह उर्लियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

सेयर कारोबार रकम पनि १० अर्ब ४४ कराेड रुपैयाँ नाघेकाे छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

पछिले समय बजारमा देखिएको लगानीकर्ताको आकर्षणले दिनदिनै जस्तो नयाँ रेकर्ड राख्न थालेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष बताउछन् । पछिल्लो समय लगानीकर्ताहरु बजारप्रति सकारात्मक देखिएका छन् ।

बैंकको ब्याजदर सस्तो हुनुका साथै लगानी योग्य रकममा भएको पर्याप्तताका कारण पनि सेयर बजारलाई सकारात्मक असर परेको छ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएपछि नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसा पौडेलले पनि खुसी व्यक्त गरेका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड राख्नु खुसीको कुरा भन्दै उनले सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुलाई बधाई समेत दिएका छन् ।  आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ । अन्य धेरै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४