यही माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक वनको जंगलमा मृत अवस्थामा फेला परेकी भागरथीको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत विभागले माग गरेकाे छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाई पिडितलाई न्याय दिलाउन खबरदारीका निम्ति नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीसँग समन्वय गरी स्थलगत अवलोकन सहित आवश्यक कार्य गर्ने गरी केन्द्रिय महिला बिभागका सदस्य राधिका सिहंलाई खटाइको जानकारी समेत प्रेस विज्ञप्तीमार्फत दिइएकाे छ ।