Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्डेप नेपालद्वारा किसानको कामबारे अनुगमन सुरू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 4.6K
    SHARES

पर्डेप नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले एक हजार घरधुरी कृषकहरुलाई समेट्ने लक्ष्यका साथ धनकुटा नगरपालिकाको वडा नम्वर १,२,३ र १० मा संचालन भईरहेको पर्डेप नेपालका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताउनुभयो ।

हाल यस संस्थाले ५०० घरधुरीलाई टनेल हाउस, वीउ विजन, तरकारी खेतीका लागि विभिन्न तालीम, कृषकहरुको उपजलाई बजारसम्म लान ८० प्रतिशत अनुदानमा कृषकहरु रहेका विभिन्न टोलवस्तीहरुलाई ३ वटा टेम्पो वितरण, सुँगुर, लोकल कुखुरा पालनका लागि बंगुरका पाठा र कुखुराका चल्लाहरु उपलव्ध गराईरहेको छ ।

शनिबार पर्डेप नेपालको आयोजनामा धनकुटा नगरपालिका वडा नम्वर ३ स्थित पात्ले, लाकुरे, सिप्तिङ र सिलुङ्गामा वनेको कृषकहरुको प्लाष्टिकका टनेल हाउस र हाइटेक भेजिटेवल फार्मिङलगायतको अनुगमन गरेको छ ।

उक्त क्षेत्रका किसानहरु यतिबेला धमाधम टनेल हाउसमा टमाटर खेतीका लागि तयारी, रायोको साँग, अकवरे खोर्सानीका नर्सरी राख्ने, धनियाँलगायतको उत्पादनको तयारी र हाइटेक भेजिटेवल फार्मिङमा एभोकाडो, कट्टुस, सुन्तला, अम्बालगायतको नर्सरीका व्याड राख्न धमाधम रहेको अनुगमनमा भेटिएको पर्डेप नेपालले जनाएको छ ।

उक्त वडामा विगत दश वर्ष देखि तरकारी दुग्ध र फलफूल खेतीमा लागेका कृषक कुल वहादुर कार्की भन्नुहुन्छ, पहिलो पटक पर्डेपले टनेल हाउसका लागि सहयोग गरेपछि आफुलाई थाहै नभएको झरि बर्षाको समयमा टनेलमा उत्पादन राम्रो हुने हुदा टनेलमा लगाएको एक सिजनको साँगले मात्र २८ हजार रुपैयाँ कमाउन सफल भएपछि दङ्ग पर्दै अरु ३ वटा टनेल हाउस आफ्नै खर्चमा वनाएको कार्कीको भनाई छ ।

अर्का कृषक भक्त मल्ल पनि पर्डेपको कृषक प्रतिको यस खालको सहयोगले ठूलो राहत मिलेको र आफनो टोलवस्ती संगठनले पाएको एक लाख ७५० रुपैयाँ लागतको हाईटेक भेजिटेवल फार्मिङमा फलफूल तथा तरकारी नर्सरीवाट कृषकहरुलाई सस्तो र गुणस्तरीय विरुवा वितरण गरेर फलफूल र तरकारी उत्पादनवाट कृषकहरुले राम्रो आम्दानी गर्ने कुरामा ढुक्क छु भन्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४