Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलेखानीको सतह दैनिक ३५ सेन्टिमिटरसम्म घट्दै, प्रणालीमा भारतीय बिजुलीको हिस्सा आधा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 2.6K
    SHARES


काठमाडौं । पछिल्ला दिनमा विद्युतको माग पूर्ति गर्न कुलेखानी (इन्द्रसरोवर) जलासयको पानीको उपयोग बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले दैनिक ३५ सेन्टिमिटरसम्म कुलेखानीको पानी उपयोग गरेर बिजुली निकालिरहेको छ ।

भारतबाट करिब ८ सय मेगावाटसम्म विद्युत आयात भइरहँदा पनि माग व्यवस्थापन गर्न सकस परेपछि प्राधिकरणले ‘पावर ब्याकअप’ कुलेखानीको प्रयोग बढाएको हो ।

कुलेखानी जलविद्युत आयोजना धेरैजसो सुख्खायाममा मात्रै चलाइन्छ । अझ बेलुकीको लोड व्यवस्थापन गर्न १ सय ६ मेगावाटसम्म बिजुली निकाल्न सकिने भएकाले यो आयोजना उपयोगी हुने गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गत मंगलबार प्राधिकरणले कुलेखानी चलाउँदा ३२ सेन्टिमिटर पानी घट्यो । त्यसअघि सोमबार ३५, आइतबार ३३ र शनिबार ५ सेन्टिमटर पानीको सतह घटेको थियो । त्यसयताको तथ्यांक भने अनलाइनखबरले प्राप्त गर्न सकेन ।

यो वर्ष कुलेखानी वर्षाको समयमै भरिएको थियो । कुलेखानीमा पानीको सतह मंगलबारसम्म १५१२.७८ मिटरमा झरेको छ । गत वर्ष सोही दिनमा कुलेखानीको सतह १५१६.७९ मिटर थियो । अर्थात् समीक्षा अवधिको तुलनामा कुलेखानीको सतह गत वर्षभन्दा करिब ४ मिटर कम छ।

तर, यो वर्ष भारतबाट थप बिजुली ल्याउन सक्ने गरी ४ सय केभीको प्रसारणलाइन र सबस्टेसन बनेकाले कुलेखानीको पानी बचाउन खासै महत्व नदिइएको प्राधिकरणका एक अधिकारी बताउँछन् ।

‘फेरि वर्षमा भरिहाल्छ, समस्या पर्दा भारतबाट थप बिजली ल्याउन हालसालै पूर्वाधार पनि बनेको छ,’ ती अधिकारी भन्छन्, ‘अत्यावश्यक पर्दा नै चलाउने भएकाले कुलेखानीको पानी जोगाउने नाममा लोडसेडिङ गर्न पनि सकिन्न ।’

यही दरमा पानी घटाउँदै लगे अबको वर्षातमा कम पानी परेर जलासय नभरिएमा आगामी वर्षमा चुनौती थपिनसक्ने उनको भनाइ छ । तर, अर्को वर्षसम्म साँझ र विहानको पिक आवरमा ४५६ मगावाटसम्म बिजुली दिनसक्ने माथिल्लो तामाकोसी पनि आइसक्ने र त्यसले कुलेखानीको महत्व कम हुने भएकाले प्राधिकरण यो वर्ष कुलेखानी प्रयोगमा उदार भएको उनले बताए ।

  • भारतीय निर्भरता कति ?

गत मंगलबारको तथ्यांकलाई हेर्ने हो भने नेपालको प्रणालीमा पिक डिमान्ड १ हजार ४ सय ४८ मेगावाट छ । गत वर्ष सोही दिनमा यस्तो डिमान्ड १ हजार २७० मेगावाट थियो । करिब १७८ सय मेगावाट डिमान्ड बढ्दा विद्युत आयात पनि सोही हाराहारीमा बढेको छ ।

गत मंगलबार ६८६ मेगावाट विद्युत आयात भएको थियो भने भारतबाट गत वर्ष सोही दिनमा ४९९ मेगावाट विद्युत आयात भएको देखिन्छ । आयात वृद्धिको अन्तर १८७ मेगावाट देखिन्छ ।

तर, कुनै-कुनै दिनमा अहिले करिब साढे ७ सय मेगावाटसम्म विद्युत भारतबाट आयात भएको छ । १ हजार ४७५ मेगावाट पिक डिमान्ड पुग्दा गत आइतबार भारतबाट ७२८ मेगावाट विद्युत आयात भएको थियो ।

यसले हिउँदयाममा भारतीय बिजुलीको नेपालको निर्भरता झण्डै आधा दरमा कायम रहेको देखाउँछ । मागले नधानेपछि एक हप्ताअघि नेपालले भारतसँग थप सय मेगावाट बिजुली किन्ने गरी सम्झौता गरेको थियो । यो सम्झौताअनुसार नेपालले आवश्यक पर्दा ८ सय मेगावाटसम्म बिजुली ल्याउन सक्ने अवस्था छ ।

गत मंगलबारको तथ्यांकअनुसार अहिले नेपाल विद्युत प्राधिकरणका आयोजनाहरुबाट पिक आवरमा ५०१ मेगावाट र निजी क्षेत्रका आयोजनाबाट २६१ मेगावाट बिजुली उत्पादन भइरहेको देखिन्छ । गत वर्ष प्राधिकरणको उत्पादन सोही दिनमा ४६० मेगावाट र निजी क्षेत्रका आयोजनाको उत्पादन २५१ मेगावाट रहेको थियो ।

पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बढेको माग र तराई क्षेत्रमा बढेको चुहावटका कारण बिजुलीको माग र आपूर्ति बढिरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४