Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 14.9K
    SHARES

२०७७ माघ २५ गते, आइतवार, ७ फेब्रुअरी २०२१। माघ कृष्णपक्ष, एकादशी तिथि, ज्येष्ठा नक्षत्र (१६:४३ बजेदेखि मूल), चन्द्रराशि– वृश्चिक १६:४३ बजेदेखि धनु।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थता र अर्थ अभावले सताउने समय छ। कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्गे अर्थ लाभ पनि हुनेछ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रयत्न गर्दा केही अवसर प्राप्त हुनेछन्। अधिक खर्च लागे पनि भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ। परिस्थिति संघर्षमय देखिए पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजा कमजोर देखापर्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि अस्वस्थताले काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरूले भने अलि दु:ख दिन सक्छन्। कामको मूल्यांकन कमजोर हुनेछ। लगनशीलताले केही अवसर भने दिलाउनेछ। रोकिएका काम बनाउन थप खर्च गर्नुपर्ला। व्यापारमा कम नाफा हुनेछ। साँझतिर काम बिग्रने भयले सताउन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला। आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनेछ। परिस्थितिवश केही विवादास्पद निर्णय लिनुपर्ला।  

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

विवादास्पद काममा जुट्नुपरे पनि प्रयत्न गर्दा रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। भेटघाटले काममा अलमल हुनेछ। अरूको सहयोगले मात्र फाइदा उठाउन नसकिएला। तापनि दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले आँटेको काम बन्नेछ।

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

#नेपाली पात्रोबाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४