Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमा बनेपछिको पाँच फरक अनुभव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 3.8K
    SHARES

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ ।

त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो हुन्छ, बच्चा जन्माइसकेपछिको अवस्था कस्तो हुन्छ भनेर बेलिबिस्तार लगाइसकेका हुन्छन् । यद्यपि जब तपाईं आमा बन्नुहुन्छ, तब केही यस्ता अनुभव गर्नुहुन्छ जुन कसैले बताएका वा सुनाएका हुँदैनन् । त्यस्ता कुरा तपाईं स्वयम्ले भोग्नुहुनेछ र आमा बन्नुको फरक अनुभव लिनुहुनेछ ।

  • पहिलो कुरा : आमा बन्ने अनुभव हरेकको फरक हुन्छ

गर्भावस्था, प्रसूति सबैको एकनास हुँदैन । यसमा सबैको आ–आफ्नै अनुभव हुन्छ । प्रसव पीडा कस्तो हुन्छ भन्ने कुरा अरुले जसरी सुनाउँछन्, तपाईंको अनुभव त्यो भन्दा फरक हुनसक्छ । किनभने सबैको शारीरिक अवस्था एकै हुँदैन । समय, स्थान, उपलब्ध सेवा सुविधाले पनि यसमा फरक पार्छ ।

  • दोस्रो कुरा : घर सरसफाई राख्ने र सजाउने कुरामा ध्यान

जब नवजात शिशुलाई घरमा भित्र्याइन्छ, उनीहरुको शारीरिक सरसफाईप्रति तपाईं बढी नै जागरुक र सचेत रहनुहुन्छ । यसर्थ शिशुको लागि पनि तपाईंले घरको सरसफाईमा विशेष ख्याल राख्नुहुन्छ । त्यसैगरी घरलाई तपाईंले त्यसरी नै सजाउनु र व्यवस्थित गर्नुहुन्छ, जुन तपाईंको शिशुको लागि अनुकुल हुन्छ । शिशुको खेलौना वा उनीहरुलाई मनपर्ने कुराले तपाईंको घर–कोठा सु–सज्जित हुनेछ ।

  • तेस्रो कुरा : स्तनपान त्यती सजिलो हुन्न, जति भनिन्छ

सामान्यत आमा बनेपनि स्तनपान गराउन जरुरी हुन्छ । शिशुको सम्पूर्ण आहार नै आमाको दुध हो । यो सामान्यज्ञान सबैमा हुने नै भयो । तर, शिशुलाई स्तनपान गराउनु जति सहज सोचिएको हुन्छ, उति सजिलो भने नहुन सक्छ । कतिपयको राम्ररी दुध आउँदैन । निप्पलको कारण पनि कतिपय शिशुले स्तनपान गर्न सक्दैनन् । स्तनपानमा अभ्यस्त गराउन र पुग्दो हिसाबले स्तनपान गराउनु गाह्रो हुन्छ ।

  • चौथो कुरा : दिक्क लाग्नसक्छ

घरमा नयाँ सदस्य भित्रिएपछि सबैजना खुसी हुन्छन् । शिशुलाई बोक्ने, खेलाउने रहर गर्छन् । आफन्त, इष्टमित्रहरु हेर्न आउँछन् । यद्यपि सुरुवाती दिनमा शिशुलाई हुर्काइरहँदा आमाबुवालाई दिक्क पनि लाग्नसक्छ । राती आनन्दपूर्वक सुत्न पाइदैन । दिसा–पिसाब गरिरहन्छन् । सामान्य पीडा भएमा पनि रुन्छन् । शिशु के कारणले रोएका हुन् ? थाहा हुँदैन । फकाई–फुल्याई सुताउनुपर्छ । आमा र बुवा दुबैले सम्पूर्ण समय शिशुको लागि दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंलाई केही दिक्क पनि लाग्नसक्छ ।

  • पाँचौ कुरा : अब करियर के हुन्छ ?

आमा बन्नुअघि तपाईं कुनै उद्योग व्यवसायमा आवद्ध हुनुहुन्थ्यो होला । कुनै कार्यलयमा काम गर्नुहुन्थ्यो होला । केही न केही गर्नुहुन्थ्यो होला । आमा बनिसकेपछि लामो समय विश्राम लिनुपर्ने हुन्छ । त्यसपछिको अवस्थामा पनि बच्चालाई हुर्काउने, बढाउने गर्नुपर्छ । यस्तो अवस्थामा पूर्ववत् काम–व्यवहारमा फर्कन सकिन्छ कि सकिदैन ? निश्चित हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४