Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 5.8K
    SHARES

शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा र आमा दुबैको स्वास्थ्यमा खोट आउने भय हुँदैन ।

प्रसवपूर्वको हेरचाह

जब आफुलाई गर्भवती भएको थाहा हुन्छ, चिकित्सकलाई भेट्नुपर्छ । प्रसवअघि राम्रो हेरचाह आवश्यक हुन्छ, आफ्नो र बच्चाको स्वास्थ्यका लागि । यसरी हेरचाहको योजना किन बनाउने त ?

सुरुमै यसबारे तयारी गरियो भने अप्रत्यासित झन्झट एवं अप्ठ्यारा झेल्नुपर्दैन ।

आफुले के कस्ता सावधानी अपनाउनुपर्ने हो भन्ने कुराको सल्लाह पाइन्छ ।

आफुसँग कुनैपनि जरुरी अल्ट्रासाउन्ड स्क्यान वा अन्य कुनै परीक्षणको व्यवस्थाका लागि पर्याप्त समय मिल्छ ।

 गर्भावस्थामा हेरचाहका लागि चिकित्सकसँग राम्रो सम्बन्ध बनाउने, जसले गर्दा आफ्नो व्यक्तिगत हेरचाह हुन सकोस् । साथै नियमित रुपमा एउटै चिकित्सकसँग परामर्श लिने । चिकित्सकको सम्पर्क नम्बर पनि लिने । यसले गर्दा आपतकालिन अवस्थामा चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।

राम्रो खानुहोस्

यदि गर्भवती हुनुहुन्छ भने, तपाईले दुई जनाका लागि खानुपर्छ भन्ने हुँदैन । पछिल्लो एक अध्ययन अनुसार गर्भवतीलाई पहिलो तीन महिनामा प्रतिदिन केवल २ सय अतिरिक्त क्यालोरी आवश्यक हुन्छ ।

यद्यपी तपाइलाई कति क्यालोरी आवश्यक हुन्छ भन्ने कुरा त्यसैमा निर्भर गर्छ कि, गर्भावस्थाअघि तपाईको तौल कति थियो । साथै गर्भमा कति बच्चा छ भन्ने कुरामा पनि यो निर्भर हुन्छ ।

गर्भावस्थामा सन्तुलित र स्वस्थ्य आहार महत्वपूर्ण हुन्छ । पर्याप्त मात्रामा सब्जी वा फल र केहि कार्बोहाइड्रेट्स, जस्ता रोटी, ब्रेड, चामलले भरपुर आहार लिनुपर्छ । यसबेला प्रोटिनको जरुरी हुन्छ, जो माछा, मासु, अन्डा, मेवा, दालबाट मिल्छ ।

प्रतिदिन दुध एवं दुधजन्य उत्पादन सेवन गरौ । जस्तो कि, दुध, दही, आइसक्रिम, पनिर आदि । यदि दुधमा रुची लाग्दैन भने अरु क्याल्सियमयुक्त स्रोत बदाम, राजमा, सोया दुध, सोयाविन पनिर सेवन गरौ ।

दिनमा तीन पटक हेभी खानेकुरा सेवन गर्नुभन्दा थोरै थोरै पाँच पटक सन्तुलित आहार लिनुपर्छ ।

दिनहुँ आठदेखि दश गिलास पानी पिउनुपर्छ । क्याफिनयुक्त र कृतिम स्वाद भएको पेयबाट बचौ । बरु ताजा फलको जुस, सूप र दुध पिउनुपर्छ ।

खानाको स्वच्छतामा ध्यान

केहि यस्ता खानेकुरा, जो गर्भावस्थामा खान सुरक्षित मानिदैन । किनभने त्यस्ता खानेकुरा शिशुको स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्छ ।

लिस्टीरिया

लिस्टिरिओसिज लिस्टीरिया किटाणुले हुने संक्रमण हो । यो दुर्लभ हो तर, सामान्यतः यसले  खतरा पैदा गर्दैन । यद्यपी गर्भावस्थाको क्रममा वा शिशुलाई जन्माएको समयमा जटिलता ल्याउन सक्छ । लिस्टिरिओसिज गर्भपात र नवजात शिशुमा गंभीर बिमारीको कारण बन्न सक्छ ।

लिस्टीरिया काँचो दुध, काँचो मासु, राम्ररी नपखलिएको सब्जीमा रहेको हुन्छ । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि राम्ररी सफा गर्ने, पकाउने गर्नुपर्छ ।

टोक्सोप्लासमोसिज

यो एक परजीवी हो । यो दुर्लभ छ, तर जन्मने बच्चाको लागि गंभरि खतरा ल्याउन सक्छ । यो काँचो वा अधकल्चो मासु, माटो आदिमा पाइन्छ । त्यसैले मासु एकदमै राम्ररी पकाएर मात्र सेवन गर्नुपर्छ । सब्जी र सलाद राम्ररी धुनुपर्छ ।

साल्मोनेला

साल्मोनेला भोजनलाई विषाक्त गर्ने किटाणु हो । यसले तपाईको शिशुलाई हानी पु¥याउन सक्छ । यो राम्ररी नपाकेको कुखुराको मासु र अन्डामा पाइन्छ । त्यसैले कुखुराको मासु र अन्डा राम्ररी पकाउनुपर्छ ।

संभव भएसम्म ताजा खानेकुरा सेवन गरौ । यदि कुनै तयारी खाना सेवन गर्दै हुनुहुन्छ भने त्यसको समाप्ति तिथी कहिलेसम्म हो भन्ने कुराको निक्र्यौल गर्नुहोस् । पकाएको खानेकुरा, जुन रातभर फ्रिजमा राखिएको हुन्छ त्यो पनि दुषित हुनसक्छ ।

आइरनको स्तर उच्च राखौ

गर्भावस्थामा पर्याप्त मात्रामा आइरनले भरपुर खानेकुरा सेवन गरौ, जसले गर्दा आइरनको स्तर धेरै होस् र एनीमियाबाट बच्न सकौ । शाकाहारी आहारमा सामान्यत आइरनको मात्रा कम हुन्छ । त्यसैले यदि शाकाहारी हुनुहुन्छ भने, आइरनको सेवनमा एकदमै ध्यान दिनुपर्छ ।

खसीको मासु, कुखुराको मासु, माछा आइरनको स्रोत हुन् । हरियो पत्तेदार सब्जी, मेथीको पात, पुदिना, हरियो धनिया, मुलाको साग, किसमिस, फल, दाल आदिमा आइरन पाइन्छ ।

फोलिक एसिड सप्लिमेन्ट लिने

गर्भावस्थामा भिटामिन अनुपूरक (सप्लिमेन्ट) सन्तुलित आहारको विकल्प छैन । फालिक एसिड एकमात्र यस्तो अनुपूरक हो, जसलाई सम्पूर्ण मानिन्छ । यसले बच्चाको कतिपय जन्मजात दोष रोक्न सहयोग गर्छ । आफ्नो आहारबाट प्राकृतिक फोलेटको सेवन बढाउन सकिन्छ । फोलेट केहि सब्जी जस्तो कि, पालुङ्गो, मटर, भिन्डी, सलाद आदिमा पाइन्छ । यतिबेला गर्भवती र शिशुको स्वस्थ्यका लागि महत्वपूर्ण पोषक तत्वमा क्याल्सियम पनि सामेल छ ।

#गर्भावस्था

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४