Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा पानी पर्‍यो, चन्द्रागिरीमा हिउँ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २४ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो सामान्य वर्षा भएको छ । काठमाडौंसँगै चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुँदैछ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४