काठमाडौं, माघ २३ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।बितेको २४ घण्टामा २ हजार ७९९ जनाको पीसीआर परीक्षण गरिए छ ।