Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्दमा आगो लागेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीको सरकारले आगजनी भएको ट्याक्सीको क्षतिपूर्ति दिन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले दाहाल–नेपाल समूहले ५ वर्षका लागि निर्वाचित भएको प्रधानमन्त्री र महाधिवेशनबाट आएको अध्यक्षलाई बीचमै हटाउन खोजेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीलाई धरापमा पार्ने चेष्टा गर्न खोजे पनि आफूहरूले त्यस्ता प्रयासलाई सफल हुन नदिने बताउनुभयो । जस्तोसुकै प्रतिकुलता आए पनि देशमा राजनीतिक स्थायित्वका लागि अडिग रहने तर्क गर्नुभयो ।

साथै उहाँले केपी ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दावी गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४