बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।
‘मलाई पार्टीले कारबाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला,’ पालले लेखेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ । प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठी भर नेता त खुसीँ छौँ, कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री, कोही सांसद छौं । तलब-भत्तामै देशको ढुकुटी नसिध्याऔं !’
जनताको घरदैलोसम्म सेवा पुर्याउनु मुख्य कुरा रहेकाे भन्दै उनले थपेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्याऔं ।’