काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।
बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् ।पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘म एमसीसीको समर्थनमा गएको छैन । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको छ । पार्टीले कुनै निर्णय गरेको छैन ।’