मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा सडकमै गएर आम हड्तालप्रति ऐक्यबद्धता जनाएका हुन् ।
मंगलगढी चोकमा पुगेका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसंग कुरा गर्दै ओली सरकारले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आफूहरु पनि सडकमा आउन बाध्य भएको बताए ।
हेर्नुहोस् तस्वीरहरु

