Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपिलवस्तुमा हड्ताल आह्वान गर्ने दाहाल–नेपाल समूहका दुईजना प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 4K
    SHARES

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हड्तालको आह्वान गर्दै हिडेका दाहाल–नेपाल समूहका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।

सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दीपक पाण्डे र अनेरास्ववियु नेता हरिशचन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका पाण्डे र खनाललाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेको छ । उनीहरूको बिनाशर्त तत्काल रिहाइ गर्नुपर्ने नेकपा कपिलवस्तु र अनेरास्ववियूको माग छ ।

जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । उहाँको अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दैै ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला सदरमुकाम तौलिहवामा हड्तालको आंशिक प्रभाव परेको छ भने चारनम्बर जीतपुर, बनगाई, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायत क्षेत्रमा पूर्णरूपमा प्रभाव परेको छ । एम्बुलेन्स, खानेपानी, दमकल, जस्ता अत्यावश्यक सवारी साधन बाहेक पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि अन्य सवारी चलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४