Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक

  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 7.7K
    SHARES

काठमाडौं, माघ २२ । नेकपा दाहाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौं, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।

जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी बालाजु चोक क्षेत्रमा आफ्नो प्रभाव देखाएका हुन् ।

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)

चक्रपथको मूल सडकदेखि भित्री गल्लीहरुमा समेत सहजतापूर्वक सवारी साधन चल्न दिएका छैनन् । मोटरसाइकल र साइकल चलाउनेलाईसमेत अवरोध गरिएको छ ।

अत्यावश्यक काममा निस्किएका मोटरसाइकल चालकहरुलाई जबरजस्ती गर्ने, धम्क्याउने, तर्साउने काम हड्तालका पक्षधरहरुले गरेका छन् ।

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)

आज विहानै गोंगबु चोकमै एउटा ट्याक्सीमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।

सुरक्षाको जिम्मा लिएको प्रहरी भने निरीह देखिएको थियो । प्रदर्शनकारीले यात्रुलाई धम्क्याउँदा पनि सुरक्षा निकायले कुनै प्रतिरोध गरेको देखिएन ।

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा रहेको दाहाल नेकपाले आज देशभर आमहड्तालको आह्वान गरेको हो ।

उक्त समूहको बन्दका कारण गरिखाने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । नेताहरु प्रदर्शनका लागि सडकमा उत्रिए पनि त्यसले आमजनतामा परेको असरप्रति उनीहरु निर्मम देखिएका हुन् ।

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)
काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)
काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक  (तस्वीरसहित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४