Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २ सभाको तीन वर्ष : ४२ विधेयक पारित, नाम र राजधानीको टुङ्ग्याउनै अझै सकस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २१ २०७७
  • 7.5K
    SHARES

जनकपुर । प्रदेशसभा गठन भएको ३ वर्ष पुग्नै लाग्दा पनि प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेको छैन । सरकारले डा. हरिवंश झाको संयोजकत्वमा नाम र राजधानी टुङ्गो लगाउन ३ सदस्यीय संवाद तथा सुझाव आयोगसमेत गठन गरेको भए पनि दलहरूको आ–आफ्नै अडानका कारण अहिलेसम्म अन्योल कायमै छ ।

गठित आयोगले प्रदेश २ का आठै जिल्लामा विभिन्न कार्यक्रम गरी जनस्तरबाट सुझाव संकलन गरेर सरकारलाई २०७३ वैशाख १९ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न ७० प्रतिशत र स्थायी राजधानी जनकपुरलाई नै कायम गराउन ८० प्रतिशत जनताको समर्थन रहेको उल्लेख गरिएको छ ।

नाम र राजधानी टुङ्गाउन गत चैत ५ गते मतदान भए पनि दलहरू आ–आफ्नै अडानमा कायम रहँदा सबै प्रस्ताव अस्वीकृत भए । प्रदेशसभाबाट दुई तिहाइ बहुमतका आधारमा नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । १ सय ७ सदस्य रहेको प्रदेशसभामा नामाकरण र राजधानी प्रस्ताव टुङग्याउन ७२ मत आवश्यक रहेको सभामुख सरोजकुमार यादवले बताउनुभयो ।

पछिल्लो पटक भएको मतदानमा सत्तापक्ष मधेसवादी दलहरूबाट ‘मधेस प्रदेश’, कांग्रेस सांसद राजेश्वरप्रसाद साहबाट ‘मध्य मधेस प्रदेश’, नेपाली कांग्रेसबाट ‘मिथिला भोजपुरा प्रदेश’ र नेकपाका तर्फबाट ‘जानकी प्रदेश’ राख्नका लागि प्रस्ताव गरिएपनि बहुमतले अस्वीकृत भएको थियो ।

मधेसवादी दलले प्रदेशको नाम ‘मधेस प्रदेश’ राखिए मात्रै राजधानी जनकपुरमा सहमति जनाउने अडान राखेपछि कुरा मिल्न सकेको छैन । प्रदेश सरकार एकपटक फेरि पनि नाम र राजधानीको विषय टुङग्याउन प्रयास गर्ने सांसद परमेश्वर साहले बताउनुभयो ।

चौथो अधिवेशन अन्त्य भएको प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस नगर्दा बैठक कहिले बस्ने टुङ्गो छैन । बैशाख ३ मा चौथो अधिवेशन आह्वान भएको छ महिना पुग्ने भएकाले त्यसअघि नै अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । ४२ वटा विधेयक पारित भएको प्रदेशसभामा ११ वटा विधेयक पाइपलाइनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४