Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २१ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उहाँको दावी छ ।

संवैधानिक परिषदका अध्यक्ष तथा सदस्य नियुक्ति गर्दा सभामुख अग्नि सापकोटा तथा विपक्षी दलका नेता शेर बहादुर देउवासमेत सहभागी हुनुभएको थिएन । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरेको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हूँ भन्ने दम्भ उजागर भएको उहाँको आरोप छ ।

‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै उहाँले, लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरु सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको बताउनुभयो ।’ ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ’, उहाँले भन्नुभयो ।

सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताउनु भयो ।

आज सामाजिक सञ्जालमा लेख्दै सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत रहेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४