सिरहा,/ सिरहाको सिरहा नगरपालिका १ स्थित आफ्नै घरबाट साढे दुई वर्षीय बालक अपहरणमा परेका छन् ।
सिरहा सदरमुकामस्थित सिरहा नगरपालिका–१ घर भएका प्रदिप यादवको छोरा ईशान्त भन्ने प्रियान्सु यादव मंगलबार साँझ साढे ७ वजे अपहरणमा परेको परिवारले जनाएको छ
बालकका परिवारको अनुसार सडक छेउमै रहेको घरको आगनमा खेलिरहेको बालकलाई अपहरण गरिएको हो । ‘खाना पकाउन सुरसारमा थिए, बच्चा वरण्डामा खेल्दै थियो । त्यहिँबट कसैले अपहरण गर्यो,’ वच्चाकी आमा संगीता यादवले भनिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको जानकारी पाएसँगै खोजिकार्य तिव्र पारिएको बताउनुभयो । सिमाक्षेत्रका गाउँ र त्यस वरपर खोज तलाश भैरहेको प्रवक्ता शर्माले बताउनुभयो ।