Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक निकायका पदाधिकारीहरूले लिए शपथ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २१ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले आज शपथ लिएका छन ।

राष्ट्रपति कार्यालय, शितल निवासमा आयोजित कार्यक्रममा पदाधिकारीहरुले शपथ लिएका हुन् ।

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले शपथ दिलाउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

संवैधानिक परिषदले सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधानलाई बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सक्ने अध्यादेश लागु गरी प्रधानमन्त्री ओलीले आफूनिकटका व्यक्तिहरुलाई संवैधानिक निकायहरुमा नियुक्ति दिलाएकामा सर्वोच्च अदालतमा मुद्दा नै परेको छ ।

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित परिषद बैठकले नियुक्तिका लागि सिफारिश गरेको थियो ।

आफै उपस्थित बैठकले गरेका नियुक्तिविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा परेको रिटको सुनुवाईसम्म पेशीमा नराखी टार्दै आउनुभएका प्रधानन्यायाधीश जबराले विभिन्न आयोगमा अध्यक्ष तथा सदस्य बनेकाहरुलाई शपथ दिलाउनुभएको हो ।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिश गरेको थियो ।

तर अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठकले गरेका सिफारिश अवैधानिक रहेको दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ती रिट निवेदनहरुमाथि सुनुवाई हुन सकेको छैन ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।

सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो । सिफारिश भएकाको ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

५ पुसमा संसदीय सचिवालयमा पुगेको सो पत्र २० माघमा परिपक्व भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४