उनले प्रधानमन्त्री केपी शर्मा आलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने, विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
आगामी पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा. केसी यो भन्दा अगाडि पनि विभिन्न मागहरु राख्दै १९ पटक आमारण अनसन बसिसकेका छन् ।