Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुख्यात मिटरब्याजी ‘मन्टु’ जेल चलान, १ करोड ९२ लाख क्षतिपुर्ति माग दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २० २०७७
  • 4.3K
    SHARES

काठमाडौं । विराटनगरका कुख्यात मिटर ब्याजी ‘मन्टु’ भन्ने सञ्जय रौनियार जेल चलान भएका छन् ।

घरजग्गा राजीनामा पास गराएर किर्ते कपाली तमसुक बनाइ धम्की दिँदै अकुत ब्याज असुलेको आरोपमा जिल्ला अदालत मोरङका न्यायधीश ईश्वर पराजुलीको इजलासले ४२ वर्षीय रौनियार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

न्यायधीश पराजुलीको इजलासले सुनवाइ भएका १७ मुद्दा मध्ये ४ वटामा धरौटी लिएर बाँकी १३ वटा मुद्दामा पुर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको हो । वर्षौंदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर चर्को ब्याज असुलेको आरोपमा रौनियार विरुद्ध १७ जना पीडितहरूले ठगी गरेको आरोपमा किटानी जाहेरी दिएका थिए ।

१७ वटा अलग–अलग मुद्दाको अभियोग पत्रमा अनुसार मिटर ब्याजी मन्टु विरुद्ध १ करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपुर्ति माग दाबी गरिएको छ । मन्टुले सर्वसाधारणबाट ९२ लाख कर्जाको ७ करोड ७० लाख रुपैयाँ असुली गरेको पीडितहरुको जाहेरीबाट खुलेको छ ।

रौनियारले आफ्नो नाममा ४३ र श्रीमती ज्योतीको नाममा ३३ कित्ता जग्गा आफ्नो नाममा पास गराएको फेला परेको छ । यसैगरी जिल्ला अदालत मोरङमा दर्जनौँ लेनदेन मुद्दा दर्ता गराएको पाइएको छ । मोन्टुलाई जिल्ला प्रहरी कर्यालयको टोलीले पुस १६ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४