Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ महिना भित्र सबै नेपालीलाई खोप दिने सरकारी लक्ष्यमा विराम लाग्ने संकेत 


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २० २०७७
  • 3.5K
    SHARES

काठमाडौं, / प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिना भित्र सबै नेपालीलाई खोप दिने बताएपनि हालसम्म सरकार अनुदानको खोपकै प्रतीक्षामा छ । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी भइरहेको बताउँदै गर्दा यस हिसावले दुई करोड १६ लाख नागरिकलाई खोप दिनुपर्ने हुन्छ ।

नेपालमा ७२ प्रतिशत नागरिकलाइ कोरोना खोप दुई डोज लगाउनको लागि लगभग चार करोड ३२ लाख डोज खोपको आवश्यकता पर्छ। हाल भारतबाट अनुदानमा आएको १० लाख डोज खोपबाट फ्रन्टलाइनरलाई लगाउने अभियान चलिरहेको छ ।

थप तीन लाख डोज खोप चीनले ‘उपहार’ दिने बताइएको छ । अनुदानको खोप पर्खिने बाहेक अहिलेसम्म बाँकी खोप खरिदको प्रक्रिया अघि बढेको छैन । सरकारले अनुदानकै खोप कुरेर बस्दा अहिले चलिरहेको खोप अभियान रोकिने शंका उब्जिएको बिज्ञहरु बताउछन् ।

कोभ्याक्स अन्तर्गत आउने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पनि तत्काल आउदैन । न सरकारले खोप सीधै कम्पनीबाट खरिद गर्ने प्रक्रिया नै अघि बढेको छ । यसले सबै नागरिकले कहिलेसम्म खोप पाउँछन् भन्ने अन्यौल देखिएको छ । गुणस्तरीय र प्रभावकारी खोपको आशमा नागरिक छन् । सरकारले छिटोभन्दा छिटो खोप उपलब्ध गराउनु पर्ने र सक्नेले खरिद गरेर समेत लगाउन सक्ने व्यवस्था गर्नुपर्ने नागरिकको माग छ ।

कत्तिको विश्वासिलो छ चिनियाँ खोप ?

चिनियाँ कम्पनी सिनोफार्मका अनुसार खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले चीन लगायत पाकिस्तान, युएई, इजिप्ट, हंगेरीलगायत १३ देशमा आपत्कालीन प्रयोगका लागि मान्यता पाएको छ ।

सिनोफार्म खोपमा निष्क्रिय भाइरसहरू प्रयोग गरिएकाले जुनसुकै व्यक्तिमा पनि प्रयोग गर्दा खोपको साइडइफेक्ट न्यून हुने सम्भावना रहेको बताइन्छ ।

खोपको माध्यमबाट शरीरमा निष्क्रिय भाइरस प्रवेश गरिसकेपछि प्रतिरोधी क्षमता उत्तेजित हुन्छन्, जसले गर्दा एन्टिबडी निर्माण भई भाइरसले सजिलै कोषमा प्रवेश गर्न पाउँदैन ।तर, खोप कति समयसम्मका लागि प्रभावकारी हुने भन्ने यकिन भने छैन । खोपका कारण शरीरमा उत्पादन भएको एन्टिबडीले महिनौँसम्म काम गर्न सक्ने अनुमान बैज्ञानिकहरुको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४