Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १८ २०७७
  • 6.5K
    SHARES

काठमाडौं । जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् ।

सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरी नायव उपरीक्षक गिरीका अनुसार सामान्य चिनजान भएका विकासले डर धाक धम्की दिई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष किशोरीले दिएकी थिइन् । सोही आधारमा १६ माघमा उनलाई पक्राउ गरिएको गिरीले बताए ।

गिरीका अनुसार जिल्ला अदालत भक्तपुरमा आइतबार उनलाई पेस गरी म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४