काठमाडौं । साताको पहिलाृ दिन आयतबार सेयर बजारमा पहिरो गएको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् ।
सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ ।
सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । प्रभु लाइफको ९.९३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । एभरेष्ट इन्स्यारेन्सको संस्थापक सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।
‘आत्तिनु पर्ने अवस्था छैन, बजार सुधार हुन्छ’
सेयर बजारका विश्लेषक विष्णु बस्यालले भने अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले आज बजारलार्य करेक्शनको रुपमा मात्रै बुझ्नु पर्ने बताए । बजार लगातार बढ्यो र कुनै एक दिन घट्यो भने त्यसलाई करेक्शन भएको भनिन्छ ।
विश्लेषक बश्यालले पनि आइतबार बजार करेक्शन भएको बताए । आइतबार बजार घट्नुको कुनै त्यस्तो खास कारण नरहेको बताएका उनले भोलि नै पनि सुधार हुन सक्ने बताए । उनले भने, ‘बजारले १३४० को सपोर्ट लियो भने भोलि नै पनि बढ्ने स्म्भावना छ नभए पनि केहि दिन करेक्शन भएर बजार बढ्छ नै ।’