Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ महिनामा एप्पलले गर्यो १ खर्ब डलरको व्यापार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 3K
    SHARES

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले यस पटकको क्रिसमसका बेला व्यापारमा रेकर्ड कायम गरेको छ ।

महामारीका बाबजुत एप्पलका पछिल्ला फोन तथा ल्यापटप लगायतका ग्याजेटप्रति उपभोक्ताहरुको अत्यधिक आकर्षणका कारण एप्पलले सन् २०२० को पछिल्लो त्रैमासिकमा १ खर्ब ११ अर्ब डलरको कारोबार गर्न सफल भएको छ ।

एप्पलले गरेको यो व्यापारको अंक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो ।

महामारीले आम जनजीवनका काम कारवाहीहरु अनलाइन मार्फत हुँदा नयाँ प्रविधिको माग चुलिएका कारण एप्पलको व्यापार पनि चम्किएको हो ।

तथ्यांक अनुसार अहिले विश्वमा एप्पलका १ अर्ब ६५ करोड उपकरणहरु दैनिक रुपमा प्रयोग हुने गरेका छन् । त्यसमध्ये १ अर्बचाहिँ आइफोन मात्र रहेका छन् ।

एप्पलका अनुसार कोरोना भाइरस महामारीको असर कम परेको चिनियाँ बजारमा एप्पलका फाइभ जी फोनको माग निकै उच्च देखिएको छ ।

हङकङ तथा ताइवानसमेत गरी सम्पूर्ण चिनियाँ बजारमा आइफोनको बिक्री ५७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अमेरिकामा ११ प्रतिशत र युरोपमा १७ प्रतिशतले वृद्धि भएको छ ।

एप्पलका प्रमुख वित्तिय अधिकृत लुका मेस्ट्री भन्छन्, ‘एप्पलका प्रडक्टहरुको बिक्रिदर विश्वभर नै राम्रो देखिएको छ । आगामी त्रैमासिकमा यो झनै उत्साहप्रद देखिन्छ ।’

विश्लेषकहरुका अनुसार प्रयोगकर्ताहरुले आफ्ना पुराना फोनको साटो फाइभ जी नेटवर्क चल्ने नयाँ आइफोन खरीद गर्न सुरु गरेको सुपर साइकलको अवस्थामा एप्पल कम्पनी रहेको छ ।

एप्पलका अनुसार पछिल्लो त्रैमासिकमा कम्पनीको मुनाफा २८ अर्ब ८० करोड डलर रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत रहेको छ ।

हुनत एप्पल मात्र होइन माइक्रोसफ्ट र फेसबुक कम्पनीले पनि यस अवधिमा उल्लेख्य मुनाफा हासिल गर्न सफल भएका छन् ।

फेसबुकको सन् २०२० को चौथो त्रैमासिकमा विज्ञापनबाट हुने आम्दानीमा ३० प्रतिशतले वृद्धि भएको छ ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४