Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगानीकर्ता जहिले पनि सजक बन्नुपर्छ : धितोपत्र बोर्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 5K
    SHARES

काठमाडौं, / अर्थतन्त्रका अन्य क्षेत्रहरुमा संकुचन देखिएको बेला पूँजीबजारले भने दैनिकजसो नयाँ उचाइ कायम गरिरहेको छ ।

धितोपत्र बोर्डले अहिलेको बृद्धिलाई स्वभाविक भन्दै लगानीकर्ता भने जहिले पनि सजक बन्नु पर्ने बताएको छ ।कोभिड पछिको बजारमा लगानीकर्ताको संख्या बढ्दा नेप्सेको अनलाइन प्रणालीमा भने बारम्बार समस्या आउने गरेको छ ।यसको सुधारमा नेप्से लागिरहेको बताइए पनि खासै सुधार हुन सकेको छैन ।

प्रणाली सुधारमा आवश्यक काम गर्न नसके बैकल्पिक उपाय खोजिने धितोपत्र बोर्डले जनाएको छ ।प्राथमिक र दोश्रो दुवै बजारलाई प्रविधिमैत्री बनाइ एपबाटै संचालनको तयारी गरिएको भन्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बैकलाई ब्रोकर लाइसेन्स जरुरी नरहेको उल्लेख गर्नुभयो ।

नेप्से कारोवारमा गत आइतबारदेखि लागु भएको टि प्सल टु प्रणाली कार्यान्वयन हुन नसकेको लगानीकर्ताको गुनासोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।धितोपत्र बोर्डले ब्रोकरले ऐनअनुसार काम गर्न नसके कानुनी दायरामा ल्याउने बताएको छ ।

शेयर ब्रोकरले मार्जिन, पैसा नलिई कारोवार गर्ने छुट अब नरहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।पछिल्लो समय २६ लाख बढीले डि म्याट खाता खोलेको जनाउदै अध्यक्ष ढुङ्गानाले निजी क्षेत्रका केही ठुला कम्पनी पनि इच्छुक रहेकोले चाँडै बजारमा भित्रिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४