Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातै प्रदेश १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 3K
    SHARES

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले सातै प्रदेशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको हो ।

विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ, जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाब र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ ।

गुणस्तरीय इन्टरनेट प्रयोगका लागि सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डारण गर्दछ ।

नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनीय वृद्धि हुने सम्भावना देखिरहेको छ ।

यसबाहेक सरकारले डिजिटल नेपाललाई नेपाल सरकारको राष्ट्रीय गौरव परियोजनाको रूपमा पनि घोषणा गरेको छ, त्यसैले अब दूरसञ्चार पूर्वाधार, नेटवर्क र विकसित प्रविधिको ठूलो आवश्यकता पर्नेछ ।

सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रविधियुक्त डिजिटल प्रविधिहरूसँग अनुकूल बनाउनुपर्ने हुन्छ र साथै क्लाउडमा आधारित सेवाहरुमा समेत छिटोभन्दा छिटो अघि बढ्नु पर्नेछ ।

यस आवश्यकतालाई पूरा गर्न नेपालभित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुविधा भएको डेटासेन्टर हुनु हालको समयको आवश्यकता रहेको निश्कर्ष कम्पनीको छ ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्धारण डेटा सेन्टरले गर्ने जनाए ।

१४ डेटा सेन्टरमध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ ।

यी डेटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हनेछन् । यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधारमात्र व्यस्थापन नगरी अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम सेवा प्रदायक लगायत सरकारी, निजी संस्था र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दूरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

आगामी ३ वर्षमा वर्ल्डलिंकले डेटा सेन्टर निर्माण गर्न करिब तीन अर्ब लगानी गर्नेछ। यसको उद्देश्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ ।

यी इन्टरनेट डेटा सेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने दाबी कम्पनीको छ ।

यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु सञ्चालन गर्न सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले डेटा सेन्टर निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारसँग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधारको रुपमा स्थापित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४