Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीबाट सरकारको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 3.5K
    SHARES

काठमाडौं,/   राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विश्वमा कोरोनाविरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनामै नेपालले पनि खोप अभियान थालेकामा खुशी व्यक्त गर्नुभएको हो ।

पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएकोमा हर्ष व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णयको प्रशंसा गर्नुभएको छ ।

सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्न र पटक पटक साबुन पानी वा सेनिटाइजरले हात सफा गर्न सुझाउनुभएको छ ।

खोप अभियानलाई सफल पार्न उहाँले जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत समाजका सबै क्षेत्रसँग अपील पनि गर्नुभएको छ ।

विश्वका सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको स्पष्ट मान्यता रहेको भन्दै उहाँले कोभिड–१९को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिएको पनि उल्लेख गर्नुभएको छ ।

महामारीबाट लाखौँ व्यक्तिले ज्यान गुमाउनु परेको, करोडौँ व्यक्ति प्रभावित भएको र यसको प्रभावबाट हाम्रो देश पनि अछुतो नरहेको भन्दै उहाँले कोरोनाविरूद्ध अग्रपंक्तिमा रहेर सेवा गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायत सबैमा आभार पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, ‘कोरोना महामारी नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ । यसबाट विश्वभरी नयाँ आशा र विश्वासको सञ्चार भएको छ । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४