Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानकर्ता !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 5K
    SHARES

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ । कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो । दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।

बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन् । नेपाल लाइफको ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ । आज विहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो ।

नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरिएको हो ।

मंगलबार २ हजार ८ सय ७२ रुपैयाँ रहेकोमा समायोजन पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले २ हजार १ सय ९२ रुपैयाँ तोेकेको थियो । त्यसपछि पनि यस कम्पनीको सेयर मूल्य वृद्धि भएको हो ।

५ समूह बढे, अरु राताम्मे

बुधबार नेप्सेमा कारोबार हुने ६ वटा सवइन्डेक्सहरु बढेर हरियाली देखिएका छन् बाँकी सबै घटेका छन् । व्यापार ३२.९६ अंकले वृद्धि हुँदा निर्जिवन बिमा समूह ४६४.६८ अंकले बढ्यो । यसैगरी माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फण्ड पनि बढेका छन् । हेनुस् कुन सब इन्डेक्स कतिले घटबढ भए :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४