Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाले थप २० करोड डोज खोप खरिद गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 4.3K
    SHARES

एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म अमेरिकामा ६० करोड डोज अर्थात् ३० करोड मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यलाई पूर्णता दिन उक्त परिमाणमा खोप खरिद गर्न लागिएको हो ।

२० करोड खोपमध्ये १० करोड डोज खोप फाइजर र बायोएनटेक तथा बाँकी १० करोड मोडेर्ना कम्पनीबाट खरिद गर्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गर्मीयामसम्म अधिकांश अमेरिकी नागरिकलाई खोप लगाउन पर्याप्त हुने गरी खोप खरिद गर्न लागिएको बताउनुभयो । बाइडनले कोरोना खोप कार्यक्रमलाई पनि तीव्रताका साथ अघि बढाउन निर्देशन दिँदै स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच, राष्टपति बाइडेनले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । आतंकवादी संगठनहरु सक्रिय रहेको भन्दै अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४