Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई राष्ट्रपतिको आग्रह-चरणबद्ध रुपमा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाऊ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् ।

कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएकोमा आफू यसबाट हर्षित भएको बताएकी हुन् ।

कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप नि:शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय सराहनीय भएको भन्दै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेकी छन् ।

खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मी लगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको भन्दै भण्डारीले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्‍न र पटक पटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउन सबैमा आह्वान समेत गरेकी छन् ।

विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको स्पष्‍ट मान्यता रहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड-१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चूनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । कोभिड-१९ विरूद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यसैगरी उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु।’

‘कोरोना महामारी नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ,’ सन्देशमा भनिएको छ, ‘यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ।खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४