Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा पनि खोप अभियान सुरु, झण्डै ४० हजारले खोप लगाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 5.1K
    SHARES

बुटवल,/कोभिड-१९ विरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा पनि बुधबारबाट सुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको उपस्थितीमा खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेसँगै सबै प्रदेशमा अभियान सुरु गरिएको हो ।

लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनालाई खोप दिईने छ भने ८ हजार ७ सय ६८ भयल भ्याक्सिन प्रदेशमा आईसकेको छ । अभियानलाई दुई चरणमा वितरण गरिने छ जसमध्ये प्रदेशका तराईका ६ जिल्लामा माघ १४ अर्थात आजैदेखी ३० हजार ८ सय जनालाई दिईनेछ जसको लागी हरेक जिल्लामा १ खोपकेन्द्रको स्थापना गरिएको छ भने बाकीँ केही ठाउँमा आवश्यकताबमोजिम खोप केन्द्र निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

 

यस्तै दोस्रो चरणमा पहाडका ६ जिल्लाहरुमा माघ १७ गतेदेखी भ्याक्सिन दिन सुरु गरिनेछ । दोस्रो चरणमा ८ हजार ६ सय ९५ जनालाई खोप दिईने तयारी गरिएको छ । जसमा ७ वटा खोपकेन्द्र निर्धारण भैसकेको छ । त्यसमा कमी हुने देखिएमा थप ५ अस्पतालहरुमा खोप केन्द्र संचालन गरिनेछ । प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त एक जना चिकित्सक सहित ३ जना स्वास्थ्यकर्मी रहनेछन भने स्वास्थ्य जोखिम व्यवस्थापनको लागी सम्बन्धित अस्पतालमा चिकित्सक समुहको व्यवस्था गरिनेछ ।

खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी, ७० बर्षमाथिका जेष्ठ नागरिक, एम्बुलेन्स चालकहरु, स्वंयमसेवक कर्मचारी, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत कर्मचारी, महिला कर्मचारी, जेलका कैदी लगायतलाई पहिलो चरणमा खोप लगाईने जनाएको छ ।

परीक्षण कालमै रहेको यो खोपले ७० प्रतिशत प्रभावकारी भएको मानिन्छ । खोप लगाउँदा आत्तिनु नपर्ने र यसले आम रुपमा विगतमा जस्तै काम गर्ने खोप लगाएकाहरुको अनुभव छ । लुम्बिनी प्रादेशिक अस्पतालले दैनिक १ हजारभन्दा धेरैलाई खोप वितरण गर्ने लक्ष्य रहेको बताएको छ ।

लुम्बिनी प्रदेशमा हालसम्म ३८२ जनाको निधन भैसकेको छ भने हालसम्म २७ हजार २९ जना भन्दा धेरै मानिस संक्रमित भएका छन् । खोपको प्राथमिकतामा परेका फ्रन्ट लाईनरहरुको प्रभावकारीताको आधारमा मात्रै दोस्रो चरणको खोप दिईने तयारी गरिएको देखिन्छ । खोप कति प्रभावकारी छ र यसको असर कस्तो रहने भन्ने कुरालाई भने केही समय पर्खनै पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४