Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कोरोना खोपले केही असर गर्दैन ढुक्क भएर लगाउनुस्’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 3K
    SHARES

काठमाडौं । भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरु गर्नुभएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु भएको छ ।

साथै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना विरुद्धको खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको निर्देशक राजभण्डारीले बताउनुभयो ।

कोरोना खोपले आफूलाई केही असर नगरेकाले ढुक्क भएर लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी डा. रमेश कोइरालाले पनि कोभिड खोपको पहिलो डोज बिना कुनै शंका, बिना कुनै डर लगाइयो भन्दै ट्विटरमा तस्विर सार्वजनिक गर्नु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाएपछि खोप अभियान सुरु भएको हो । अहिले विभिन्न खोप केन्द्रमा खोप लगाउने अभियान सुरु भैसकेको छ ।

सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४