Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको लडाइ नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको दावी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ढिलै भएपनि कोरोनाविरुद्धको लडाइ नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

कोरानाविरुद्धको खोपको पहिलो चरणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरानाविरुद्धको लडाइमा सुरुवाती समयमा सरकारले आम जनताको अपेक्षा अनुसार काम गर्न नसकेपनि विस्तारै उपलब्धी हासिल गरेको दावी गर्नुभयो । उहाँले स्थानीय निकायका जनप्रतिनिधिले क्षमताअनुसार पूर्णरुपमा काम गरेको बताउनुभयो ।

उहाँले कोरोना विरुद्धको देशव्यापी अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सुरु भएसँगै नयाँ पुर्नजागरण सिर्जना गरेको दावी गर्नुभयो । उहाँले पूर्वजहरुले अवलम्बन गरेको रोग प्रतिरोधी गतिविधि पुनः सुरु भएको र वैज्ञानिक ढंगले परिभाषित गर्ने मौका मिलेको तर्क गर्नुभयो ।

स्वास्थ तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले सुरक्षाको अनुभुति गर्दै ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । दक्षिण एशियामा नेपाल खोप लगाउने तेस्रो मुलुक भएको बताउँदै मन्त्री त्रिपाठीले सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको हो ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानलाई शुभकामना सन्देश दिनुभएको छ । उहाँले खोप आएको डेढ महिनामै नेपालले खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४