Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।

पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गएको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि तीन हप्ता भन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको समाचार सार्वजनिक भएपनि पछिल्लो पटक सार्वजनिक तथ्यांक अनुसार संक्रमित संख्या बीस हजारमा झरेको छ । बेलायतका अस्पतालहरुमा हाल ३७ हजार भन्दा बढी संक्रमित भर्ना भएका छन् भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यको मापदण्ड पालना गरेर महामारी नियन्त्रणमा सहयोग गर्न अपीलसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री जोनसनेल कोरोनाविरुद्धको भ्याक्सिनको सहज उपलब्धताका लागि सरकार लागिपरेकोसमेत जानकारी दिनुभएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४